एसीसी प्रिमियर कप : नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

एसीसी प्रिमियर कप : नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भयो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रनको योगदान दिए। उनीहरूबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

ओपनर देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। यस्तै, ईशान पाण्डे १, रोहित पौडेल ३, गुलशन झा ७, करण केसी ५ र सन्दीप लामिछाने ३ रनमा आउट भए।

बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन विकेट लिए। मुहम्मद इमरानले दुई तथा मुजीबुर अली र शकिल अहमदले एक–एक विकेट लिए।

अब ओमानले नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ।