काठमाण्डु– विपक्षी दलहरूको बैठक जारी छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरू समसामयिक राजनीतिक तथा जनजीविकाका विषयमा छलफल गर्न जुटेका हुन्।
छलफलमा भोटेकोशी बाढीपछिको राहत, उद्धार, अस्थायी आवास तथा पुनर्निर्माणका विषयलाई प्राथमिकताका साथ उठाइएको छ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार बैठकमा जलवायु न्याय तथा भोटेकोशी बाढीको विषयमा राष्ट्रिय र कूटनीतिक पहल अघि बढाउनेबारे पनि छलफल भइरहेको छ।
यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार संसद्मा प्रस्ताव गरेको भोटेकोशी बाढीबारे विशेष सर्वदलीय संसदीय समिति गठन गर्ने विषयमा समेत विपक्षी दलहरूले छलफल गर्ने भएका छन्।
बैठकमा पछिल्लो समय बढ्दै गएको महँगी, ग्यासको अभाव तथा आम नागरिकका दैनिक जनजीविकासँग जोडिएका अन्य समस्याहरूबारे समेत साझा धारणा बनाउने तयारी छ।




प्रतिक्रिया