काठमाण्डु– कांग्रेसकी सांसद् निनुकुमारी कर्णले कानुनमन्त्री सोबिता गौतमलाई राष्ट्रिय सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व नभएका कारण कानुन निर्माण गर्न नसकिएको भन्ने अभिव्यक्ति पुष्टि गर्न चुनौती दिएकी छन् ।
बिहीबार सिंहदरबारमा बसेको संसदको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा कर्णले मन्त्री गौतमलाई सरकारले अघि बढाएको कुन कानुन राष्ट्रिय सभाले रोकेको हो जवाफ दिन भनेकी हुन् ।
जेनजी शही€द निवसका दिन २३ भदौमा आयोजित एक कार्यक्रममा गौतमले राष्ट्रपति आफूहरुको मान्ने नभएको र राष्ट्रिय सभामा रास्वपाको बहुमत नभएकाले जनताचाहनाअनुसार कानुन निर्माण गर्न नसकिएको जिकिर गरेकी थिइन् ।
कर्णले सरकारको कानुन निर्माणसम्बन्धी जिम्मेवारीलाई राष्ट्रिय सभामा रास्वपाको उपस्थितिसँग जोडेर प्रस्तुत गर्न नमिल्ने बताइन् ।
‘मन्त्रीज्यूले राष्ट्रिय सभामा हाम्रो प्रतिनिधित्व छैन । त्यसकारण हामीले कानुन बनाउन पाएनौँ भनेर मन्तव्य दिँदै हुनुहुन्छ । राष्ट्रिय सभाको कारण अर्थात् प्रतिनिधिसभाको कारण अर्थात् कुन निकायको कारण उहाँले कुन–कुन कानुन बनाउन पाउनुभएन । जवाफ चाहियो’, उनले भनिन् । यसअघि राष्ट्रिय सभा बैठकमा बुधबार सांसदहहरुले मन्त्री गौतमको अभिव्यक्तिप्रति निन्दा गर्दै जवाफ माग्नुपर्ने बताएका थिए ।
कर्णले अदालतबाट भएका फैसला कार्यान्वयनमा भइरहेको ढिलाइबारे पनि गम्भीर आपत्ति जनाइन् ।




प्रतिक्रिया