पैसा नभएर सडकमै बच्चा जन्माउने अवस्था आउनु राज्य प्रणालीमाथि नै प्रश्न होः रास्वपा सांसद् ठाकुर

पैसा नभएर सडकमै बच्चा जन्माउने अवस्था आउनु राज्य प्रणालीमाथि नै प्रश्न होः रास्वपा सांसद् ठाकुर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अंकिता ठाकुरले पैसा अभावमा अस्पतालले उपचारबाट वञ्चित गरेपछि महिलाले सडकमा बच्चा जन्माउनुपरेको घटनालाई राज्य व्यवस्थामाथिकै गम्भीर प्रश्न भएको बताएकी छन् ।


बिहीबार प्रतिनिधिसभा बैठकमा बोृल्दै उनले भाषणमा नभई व्यवहारमै राज्यले यस्ता घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन् । ठाकुरले स्वास्थ्य सेवामा देखिएको विभेदप्रति आक्रोश व्यक्त गरिन् ।

‘म भाषण होइन, हाम्रै राज्य प्रणालीले लेखेको एउटा भयानक र कारुणिक कथा सुनाउन उभिएकी छु’ उनले भनिन्, ‘जहाँ पैसाले आस र सास तय गर्छ त्यहाँ अस्पताल, अस्पताल रहँदैन ।’

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि राजविराज नगरपालिका–१४ पर्साहीका हरेराम पासवानकी श्रीमती बबिताले फुटपाथमै शिशु जन्माएकी थिइन् ।

यसअघि उक्त घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र कर्णले पनि संसद्मा उक्त विषय उठाएका थिए ।