एनभीएलको फाइनल आज, उपाधिका लागि कर्णाली र अन्नपूर्ण खेल्दै

एनभीएलको फाइनल आज, उपाधिका लागि कर्णाली र अन्नपूर्ण खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल भलिबल लिग (एनभीएल)को फाइनलमा शनिबार हुँदैछ । फाइनलमा कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किंग्स खेल्दैछन् ।

खेल दिउँसो ४ बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । फ्रेन्चाइज लिगको पहिलो संस्करण विजेताले २० लाख रुपैयाँ पुरस्कार जित्नेछ । कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौं रेड्सलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । अन्नपूर्ण शुक्रबार लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो ।

६ टोली सहभागी लिगमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्ने प्रावधान छ । लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल पुग्नलाई ‘प्लेअफ’ खेल्नु पर्ने थियो ।