जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागे, एक करोड ३९ लाख ठगेर पक्राउ परे

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागे, एक करोड ३९ लाख ठगेर पक्राउ परे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदी फरार अवस्थामै नक्कली सुन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीले ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका–१ घर भई काठमाण्डुको नयाँ बसपार्क बस्दै आएका २८ वर्षीय अनिष थापालाई टोखा नगरपालिका–९ मिलनटोलको एक गेष्ट हाउसबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार थापाले विभिन्न व्यक्तिलाई नक्कली सुन देखाएर पटक–पटक रकम असुल्दै आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले यसरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

थापा यसअघि जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए । गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेपछि उनी फरार थिए ।

फरार रहेका थापाले आफ्नो पहिचान लुकाउँदै ठगी गतिविधि सञ्चालन गर्दै आएको प्रहरीको भनाइ छ । उनलाई पक्राउ गरेपछि प्रहरीले ठगीसम्बन्धी घटनामा थप अनुसन्धान अघि बढाएको छ ।

जिल्ला अदालत काठमाण्डुले थापामाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।