कृष्णभीर सडक सञ्चालनमा, ग्यास बुलेट र ट्रक मात्रै चल्न दिइने

कृष्णभीर सडक सञ्चालनमा, ग्यास बुलेट र ट्रक मात्रै चल्न दिइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ – त्रिशूली नदीमा आएको बाढीका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक सञ्चालनमा आएको छ ।

गत भदौ १४ गते आएको बाढीले कृष्णभीर सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएकोमा केही माथिको भित्तो कटान गरी नयाँ ट्रयाक खोलेर सडक सञ्चालन गरिएको छ ।

नयाँ ट्रयाक निर्माण सम्पन्न भएपछि आईतबार अपराह्नदेखि सडक सञ्चालनमा ल्याइएको छ । नयाँ ट्रयाकमा ग्यास बुलेट र दैनिक उपभोग्य वस्तु बोक्ने ट्रक मात्रै सञ्चालन गर्न दिइने भएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको टोलीले पनि आईतबार कृष्णभीर पुगेर सडकको अवस्थाबारे अवलोकन गरेको थियो ।