काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् ।
विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गृहमन्त्री गुरुङले संगठनसँग उपलब्ध उद्धार सामग्री एवं आधुनिक उपकरणहरूको प्रत्यक्ष निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले विपद्को समयमा नागरिकको जिउधनको रक्षा गर्न संगठनले खेल्दै आएको भूमिका, विपद् व्यवस्थापनसम्बन्धी आवश्यक तयारी, स्रोतसाधनको वैज्ञानिक उपलब्धता, उद्धार क्षमताको अभिवृद्धि एवं जनशक्तिको प्रभावकारी परिचालनका विषयमा विस्तृत जानकारी लिएका थिए ।
सोही अवसरमा उनले उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गर्दै उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न संगठनका उच्च अधिकारीहरूलाई निर्देशन समेत दिए ।




प्रतिक्रिया