काठमाण्डु – देशका केही भूभागमा सोमबार वर्षाको सम्भावना छ । केही प्रदेशमा भारी वर्षाको समेत पूर्वानुमान रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभाग, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षासहित हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।
देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागको भनाइ छ ।




प्रतिक्रिया