प्रधानमन्त्रीलाई भेटेलगत्तै किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ पक्राउ

प्रधानमन्त्रीलाई भेटेलगत्तै किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई सामूहिक रूपमा भेटेर बाढी प्रभावित क्षेत्रबारे छलफल गरेका अध्यक्ष तामाङ सिंहदरबार गेटबाटै पक्राउ परेका हुन् ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी भएर फर्किने क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी दिलिप घिमिरेले जानकारी दिए । अध्यक्ष तामाङविरुद्ध बैंकिङ कसुरको मुद्दामा यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।