काठमाण्डु – रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहतको समन्वयका लागि गठित परिचालन टोलीको बैठक बसेको छ ।
टोलीको बैठकमा विगत २४ घन्टामा भएको खोज, उद्धार एवं राहतको प्रगति विवरण, समस्या र चुनौती एवं समाधानका लागि भएका कार्यहरूबारे छलफल भएको छ ।
परिचालन टोली मातहत १ दर्जनभन्दा बढी उपटोली बनाएर खोज, उद्धार एवं राहतका कार्यहरूको समन्वय भइरहेको छ । ती उपटोलीमा आपतकालीन सञ्चार, पुन:स्थापना, विद्युत् पुन:स्थापना एवं ‘पावर व्याकअप’, खोज, उद्धार तथा उत्खनन्, आपतकालीन स्वास्थ्य एवं चिकित्सा प्रतिकार्य, शव व्यवस्थापन, अन्तर्राष्ट्रिय सहयोग तथा ‘डोनर’ समन्वय, यातायात तथा सडक सम्पर्क छन् ।
द्रूत क्षति तथा आवश्यकता आकलन, सम्पर्कविहीन व्यक्तिहरू एवं परिवार सहायता, राहत (खाना, पानी तथा अत्यावश्यक आपूर्ति), एयरपोर्ट समन्वय, सकुशल उद्धार गरिएका, बेपत्ता तथा मृतकहरूको नाम सार्वजनिक गर्ने, क्याम्प व्यवस्थापन, आवास तथा ‘वास’, सामाजिक सञ्जाल नियमन/व्यवस्थापन, उद्धार, आकलन तथा प्रतिकार्यका लागि ‘डाटा’ तथा प्रविधि उपटोली छन् ।
परिचालन टोलीको बैठक हरेक दिन बस्ने गरेको छ । बाढीलगत्तै सुरुवाती दिनमा २ पटक पनि बस्दै समन्वय भएको थियो ।




प्रतिक्रिया