काठमाण्डु– सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ।
आज बिहान ७ः१५ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७७५ क्युसेक पुगेको छ।
ब्यारेज नियन्त्रण कक्षका अनुसार नदीको जलसतह खतराको बिन्दुमा पुगेको छ भने पानीको बहाव अझै बढिरहेको छ।
बहाव बढेसँगै सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।




प्रतिक्रिया