सिंहदरबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ८ करोडभन्दा बढी बिगोका १० मुद्दा

सिंहदरबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ८ करोडभन्दा बढी बिगोका १० मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर र ठगीसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको छ।

प्रहरीले तामाङको सीआरएस (केन्द्रीय अनुसन्धान अभिलेख) जाँच गर्दा बैंकिङ कसुर तथा ठगीसम्बन्धी थप मुद्दाहरू समेत रहेको फेला पारेको हो।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले गरेको बैठक सकिएलगत्तै उनलाई सिंहदरबारबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।

तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो। सोही प्रकरणमा प्रहरीले काठमाण्डु जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न अनुमति लिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार तामाङविरुद्ध विभिन्न प्रकृतिका गरी १० वटा मुद्दा अभिलेखमा देखिएका छन्। ती सबै मुद्दालाई आधार बनाएर अनुसन्धान अगाडि बढाइने काठमाण्डु प्रहरीका एसपी दानबहादुर थापाले जानकारी दिए।

यससँगै गाउँपालिका अध्यक्ष तामाङमाथि रहेको कानुनी विवाद थप गम्भीर बनेको छ। प्रहरीले अभिलेखमा देखिएका सबै मुद्दाको प्रकृति र घटनासँग सम्बन्धित विवरण अध्ययन गरेर अनुसन्धान अघि बढाउने जनाएको छ।

उनीविरुद्ध ८ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो कायम रहेको छ ।

बैंकिङ कसुरमा जिल्ला प्रहरी परिसर काठमाण्डुमा मात्र ४ वटा मुद्दा दर्ता रहेका छन् । यस्तै जिल्ला प्रहरी परिसर भक्तपुर,प्रहरी वृत्त जनसेवा, प्रहरी वृत्त दरबारमार्ग, प्रहरी वृत्त लैनचौर र प्रहरी वृत्त महाराजगञ्जमा एक–एक वटा मुद्दा दर्ता भएका छन् ।