सर्वोच्चका रजिस्ट्रार पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस

सर्वोच्चका रजिस्ट्रार पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरे उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

मंगलबार बसेको न्यायपरिषद बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

पोखरेल लामो समयदेखि न्याय सेवामा कार्यरत छन् ।

उनले यसअघि न्याय परिषद् सचिवालयमा कार्यबाहक सचिव समेत भएर काम गरेका थिए । यस्तै उनी सर्वोच्च अदालतको प्रवक्ता थिए ।