उच्च अदालतका ७ न्यायाधीशको जिम्मेवारी हेरफेर

उच्च अदालतका ७ न्यायाधीशको जिम्मेवारी हेरफेर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– न्याय परिषद्ले उच्च अदालतका ७ जना न्यायाधीशको जिम्मेवारी हेरफेर गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले ३ जना न्यायाधीशको सरुवा तथा ४ जनालाई काजमा खटाउने निर्णय गरेको हो।

सिफारिसअनुसार उच्च अदालत विराटनगरका महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलास, उच्च अदालत जनकपुरका मुरारीबाबु श्रेष्ठलाई इलाम इजलास र वीरगन्ज इजलासका रितेन्द्र थापालाई नेपालगन्ज इजलासमा सरुवा गर्न प्रस्ताव गरिएको छ।

त्यस्तै, इलाम इजलासका नातिबाबु लामिछानेलाई उच्च अदालत पाटन, वीरगन्ज इजलासका गोकर्ण डाँगी र अर्जुन अधिकारीलाई सर्वोच्च अदालत तथा नेपालगन्ज इजलासकी सकुन्तला घिमिरेलाई जुम्ला इजलासमा काजमा खटाउन सिफारिस गरिएको छ।

परिषद्ले हालै नियुक्त भएका तीन जना न्यायाधीशको पदस्थापनसमेत सिफारिस गरेको छ। जसअनुसार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेत, हिमलाल बेल्बाललाई उच्च अदालत जनकपुर र गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापन गर्न सिफारिस गरिएको छ।

 यस्तै १५ न्यायाधीशको सरुवा सिफारिस गरिएकाे छ।