रवि र बालेनलाई सांसदको प्रश्नः कति युवाका लागि रोजगारी खोल्यो ? कुन देशमा स्टिकर टाँसिएका छन् ?

रवि र बालेनलाई सांसदको प्रश्नः कति युवाका लागि रोजगारी खोल्यो ? कुन देशमा स्टिकर टाँसिएका छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टीका सांसद पदमबहादुर बयकले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारसँग चुनावअघि गरिएका रोजगारी र सामाजिक सुरक्षासम्बन्धी प्रतिबद्धताको हिसाब मागेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै बयकले रास्वपा सभापति रवि लामिछाने र तथा प्रधानमन्त्री बालेनले आफ्नो दलको सरकार बनेको सय दिनमा विदेशमा रहेका कम्तीमा सय जना युवालाई फ्रि टिकटमा स्वेदश फर्काएर रोजगारी दिने र विदेशका गल्ली गल्लीमा स्टिकर टाँस्ने’ बताएको स्मरण गराए ।

‘सभामुखज्यूमार्फत सरकार र प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु, तपाईंका एजेन्डा कायमै छन् कि सार्वजनिक खपतका लागि मात्रै थिए’, उनले प्रश्न गरे ।

सरकार गठन भएको १ सय ६८ दिन पुगिसक्दा आफूहरूले घोषणा गरेका रोजगारीका कार्यक्रम कहाँ पुगे भन्ने सरकारले स्पष्ट पार्नुपर्ने बयकको भनाइ छ ।

‘कति जना युवाका लागि रोजगारी खोल्यो ? कुन देशमा स्टिकर टाँसिएका छन् ?’ उनको प्रश्न थियो ।

बयकले आर्थिक अभावका कारण पढ्न नसकेका बालबालिका र उपचार गर्न नसकेका बिरामीका लागि निःशुल्क शिक्षा तथा उपचारको व्यवस्था कहिलेदेखि सुरु हुन्छ भन्ने पनि सरकारसँग जवाफ मागे ।

उनले लामो समयदेखि ग्यासको अभाव झेलिरहेका उपभोक्ताको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘ग्यास नपाएकाहरूको चुल्होमा आगो कहिले बल्छ ? ग्यासको आपूर्ति तत्काल नियमित र सहज गरिदे सरकार,’ उनले भने ।