एसियाली खेलकुदको भलिबलमा नेपाल र इन्डोनेसिया भिड्दै

एसियाली खेलकुदको भलिबलमा नेपाल र इन्डोनेसिया भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले इन्डोनेसियाविरुद्ध खेल्दैछ।

नेपाल र इन्डोनेसियाबीचको खेल बिहीबार अपराह्न ४ बजेदेखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ। प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ। नेपाल पहिलो खेलमा बुधबार आयोजक जापानविरुद्ध ३–० को सोझो सेटमा पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपाल उत्कृष्ट पुनरागमन गर्दै इन्डोनेसियालाई हराउने योजनामा छ।

एफआइभीबी विश्व वरियताको कुरा गर्दा ताजा स्थितिमा इन्डोनेसिया ५३ औँ र नेपाल ६९ औँ स्थानमा छ। एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रोपटक सहभागिता जनाएको हो।

नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा ११ औँ स्थान हात पारेको थियो।