काठमाण्डु – २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह शनिबार हुँदैछ ।
नागोयास्थित मिजुहो पार्क एथलेटिक्स रंगशालामा उदघाटन हुँदैछ। जापानको आइची-नागोयामा आयोजना भइरहेको उद्घाटन समारोहमा सहभागी हुने मार्चपासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन् ।
समारोहमा जापान एयर सेल्फ डिफेन्स फोर्सको चर्चित ‘ब्लु इम्पल्स’ एरोबेटिक टोलीले आकाशीय प्रदर्शन गर्नेछ। त्यससँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रस्तुति हुनेछ। एसिया क्षेत्रको महाकुम्भ मेलामा १७ हजारभन्दा बढी खेलाडी तथा पदाधिकारी प्रत्यक्ष सदस्य हुन्।
औपचारिकरुपमा शुरु हुने प्रतियोगिता यही असोज १८ गतेसम्म चल्नेछ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार चन्द्रबहादुर थापा दुबईमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका कास्य पदक विजेता हुन् । यस्तै, मानमती विष्ट १९औँ एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन् ।
चार वर्षको अन्तरालमा हुने एसियाली खेलकुदमा नेपालले ४२ खेलमा १३५ खेलाडीको सहभागिता गराउँदै छ। यीमध्ये नेपालको महिला भलिबलको पदकको सम्भावना समाप्त भइसकेको छ।
उद्घाटन समारोहको मार्चपासमा एसियाली खेलकुदकी ऐतिहासिक पदक विजेता एरिका गुरुङसहित कराते खेलाडी सहभागी नहुने सम्भावना धेरै छ। उद्घाटनलगत्तै अर्को दिन करातेको प्रतिस्पर्धा भएकाले उनीहरूको सहभागिता हुने सम्भावना कम छ।




प्रतिक्रिया