एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगिता २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

लिग चरणमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा २६ अक्टोबरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ ।

लिग चरणपछि १७ नोभेम्बरमा पहिलो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो स्थानमा रहने टोलीबिच हुने खेलको विजेता फाइनलमा पुग्नेछ । १८ नोभेम्बरमा तेस्रो र चौथो स्थानमा रहने टोलीबिच एलिमिनेटर खेल हुनेछ । १९ नोभेम्बरमा पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरको विजेताबिच दोस्रो क्वालिफायर हुनेछ ।

प्रतियोगिताको ग्रान्ड फाइनल २१ नोभेम्बर, शनिबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

एनपीएल लिग चरणको खेल तालिका :

अक्टोबर २६, सोमबार

लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्स

अक्टोबर २७, मंगलबार

विराटनगर किङ्सविरुद्ध चितवन राइनोज

कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स

अक्टोबर २८, बुधबार

पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स

अक्टोबर २९, बिहीबार

जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाज

कर्णाली याक्सविरुद्ध विराटनगर किङ्स

अक्टोबर ३१, शनिबार

लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोज

सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्स

नोभेम्बर १, आइतबार

जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्स

नोभेम्बर २, सोमबार

काठमाण्डु गोर्खाजविरुद्ध कर्णाली याक्स

सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोज

नोभेम्बर ३, मंगलबार

विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्ट्स

लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्स

नोभेम्बर ५, बिहीबार

लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स

काठमाण्डु गोर्खाजविरुद्ध विराटनगर किङ्स

नोभेम्बर ६, शुक्रबार

सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स

चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स

नोभेम्बर ७, शनिबार

काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स

नोभेम्बर ९, सोमबार

पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्स

चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाज

नोभेम्बर १०, मंगलबार

सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्स

नोभेम्बर १२, बिहीबार

विराटनगर किङ्सविरुद्ध पोखरा एभेन्जर्स

कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्स

नोभेम्बर १३, शुक्रबार

काठमाण्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स

जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोज

नोभेम्बर १४, शनिबार

विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स

नोभेम्बर १५, आइतबार

चितवन राइनोजविरुद्ध कर्णाली याक्स

पोखरा एभेन्जर्सविरुद्ध काठमाण्डु गोर्खाज