सप्तरी – जिल्लाको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १०० किलो ३७० ग्रामसहित २ जनालाई आईतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा फतेपुर बस्ने ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले भोलाको घर तलासी गर्दा ५६ वटा पोकामा रहेको १ हजार ८३८ किलो ८७० ग्राम र मंगलको घर तलासी गर्दा ८ वटा पोकामा रहेको २६१ किलो ५०० ग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया