काठमाण्डु– देशभर मनसुनी वायुको प्रभाव छ भने बंगालको खाडी र पश्चिमी वायुको पनि आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
बंगालको खाडीको गहिरो न्यूनचापीय क्षेत्रले भारतको आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ।
यो प्रणाली सुरुमा गहिरो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना छ भने त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज ५ प्रदेशका हिमाली, पहाडी र तराईका २५ क्षेत्रमा धेरै भारी वर्षा हुने बताएको छ ।
आज दिउँसो र राती कुन प्रदेशमा कोशी, मधेश,बागमती, गण्डकी, लुम्बिनी प्रदेशका हिमाली, पहाडी र तराईमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षा र हावाहुरीका कारण दैनिक जनजीवन, यातायात तथा अन्य क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महासंघले आग्रह गरेको छ ।



प्रतिक्रिया