काठमाण्डु– लगातारको वर्षासँगै नुवाकोटको ओखरपौवास्थित ल्याण्डफिल साइटमा लेदोसहितको माटो खसेपछि उपत्यकाको फोहोर बिसर्जन रोकिएको छ ।
पहिरोसँगै लेदो खसेर सडक अवरुद्ध भएपछि बञ्चरेडाँडामा बिसर्जन हुँदै आएको फोहोर रोकिएको हो ।
काठमाण्डु महानगरपालिकाका अनुसार शुक्रबार बिहान ल्याण्डफिल साइटको माथिल्लो भागबाट वर्षासँगै लेदोसहितको पहिरो खसेको हो ।
फोहोर ढुवानी रोकिएपछि महानगरले फोहोर सार्वजनिक स्थानमा नफाल्न भनेको छ । फोहोर संकलन नियमित नभएसम्मका लागि घर तथा पसलमै सुरक्षित रुपमा फोहोर राख्न महानगरको आग्रह छ ।
महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्नसमेत आग्रह गरेको छ ।
सडक, चोक तथा खोला–नालामा फोहोर फाल्दा वर्षाको पानीको निकास अवरुद्ध हुने र थप समस्या निम्तिन सक्ने भन्दै महानगरले सचेत गराएको छ ।




प्रतिक्रिया