सिक्किममा भीषण पहिरो, रिम्बी गाउँका २० भन्दा बढी घर बगायाे

सिक्किममा भीषण पहिरो, रिम्बी गाउँका २० भन्दा बढी घर बगायाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भारी वर्षाका कारण बिहीबार राति सिक्किमको ग्याल्सिङ जिल्लास्थित रिम्बी गाउँमा भीषण पहिरो गएको छ ।

पहिरो जाँदा २० भन्दा बढी घर बगाएको भारतीयसञ्चारमाध्यले जनाएका छन् ।

पहिरोमा सरकारी आवाससहित केही घर पूर्ण रूपमा भत्किएका छन् । घटनामा मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन्।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले घटनाप्रति चिन्ता व्यक्त गर्दै पहिरो प्रभावित बासिन्दाको सुरक्षा र कल्याण सरकारको सर्वोच्च प्राथमिकता रहेको बताएका छन्।

मुख्यमन्त्री तामाङले स्थानीय प्रशासनलाई उच्च सतर्कतामा रहन, अवस्थाको नजिकबाट निगरानी गर्न तथा बासिन्दाको सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका छन्।

उनले प्रभावित क्षेत्रका बासिन्दालाई मुसलधारे वर्षाका बीच सतर्क रहन, प्रशासनले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न र एकअर्कालाई सहयोग गर्न पनि आग्रह गरेका छन्।

रिम्बीमा बासिन्दाको सुरक्षा सुनिश्चित गर्न तथा उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न राज्य सरकारले आवश्यक सबै कदम चालिरहेको मुख्यमन्त्री तामाङले बताएका छन्।