‘रेड जोन’मा परेका २५ जिल्लामा भोलिसम्म पूर्णरूपमा यातायात बन्द

‘रेड जोन’मा परेका २५ जिल्लामा भोलिसम्म पूर्णरूपमा यातायात बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलिसम्म २५ जिल्लामा सवारी आवागमन बन्द गर्ने भएको छ ।

२५ जिल्ला उच्च जोखिममा रहेको भन्दै प्राधिकरणले आज र भोलि ति जिल्लामा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।वर्षासँगै बाढी तथा पहिरोको जोखिमका आधारमा देशका ७७ जिल्लालाई तीन तहमा विभाजन गरेको छ।

प्राधिकरणले भारी, धेरै भारी तथा अति भारी वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमलाई आधार बनाएर जिल्लाहरूलाई रातो, सुन्तला र पहेँलो वर्गमा विभाजन गरेको हो।

प्राधिकरणका अनुसार २५ जिल्ला रातो अर्थात् उच्च जोखिमको वर्गमा परेका छन्। रातो रंगले संकेत गरिएका जिल्लामा आज र भोलि पूर्ण रूपमा सवारीसाधन आवागमन बन्द गर्न भनिएको छ।

त्यस्तै, सुन्तला रंगले संकेत गरिएका जिल्लामा रातको समयमा सवारी आवागमन बन्द गर्नुपर्नेछ। दिउँसो भने मौसम तथा सडकको अवस्था हेरेर सम्बन्धित जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टले आवश्यक निर्णय लिने व्यवस्था गरिएको छ।

पहेँलो वर्गमा रहेका जिल्लाहरूमा भने उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले सम्भावित बाढी, पहिरो तथा अन्य मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न समेत आग्रह गरेको छ।

नक्सामा हेर्नुहोस् रंगको वर्गीकरण: