एसियन गेम्स : नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

एसियन गेम्स : नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जापानमा जारी २० औं एसियन गेम्स २०२६ अन्तर्गत पुरुष क्रिकेट को समूह ‘एु’को अन्तिम खेलमा नेपालले जापानलाई १५० रनको विजयी लक्ष्य दिएको छ ।

जापानको कोरोगी स्पोर्ट्स पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा १४९ रन बनाएको हो। वर्षाका कारण खेल सुरु हुन ढिलाई भएपछि खेल १५ ओभरमा झारिएको थियो।

नेपालका लागि सन्दिप जोराले सर्वाधिक ५७ रनको अविजित पारी खेले। उनले ३२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

लोकेश बमले ५२ रनको अविजितअर्धशतकीय पारी खेले। लोकेशले २२ बलमा १ चौका र ६ छक्का प्रहार गरेका हुन्। यी दुईले पाँचौं विकेटका लागि ६५ रनको अविजित साझेदारी गरे।

नेपालका ओपनर आसिफ शेखले २१ रन बनाउँदा कुशल भुर्तेल ४ रनमा पेभिलियन फर्किए। गुल्सन झा र कुशल मल्ल २र२ रन बनाउँदै डगआउट फर्किए।

जापानको लागि बलिङतर्फ रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, जेक कुसुडा र डिक्लेन सुजुकीले १र१ विकेट लिए। नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो।