न्यूयोर्क– परराष्ट्रमन्त्री शिशिर खनालले न्यूयोर्कमा नेपाली डायस्पोराका प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा आयोजित कार्यक्रममा मन्त्री खनालले नेपालको विकासमा डायस्पोराको ज्ञान, सीप, पुँजी र अनुभवलाई जोड्नुपर्ने बताए ।
न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको कार्यक्रममा डायस्पोराका प्रतिनिधिले प्रविधि, कृत्रिम बौद्धिकता (एआई), विपद् व्यवस्थापन र नेपालको विकासमा उनीहरूको सम्भावित योगदानबारे प्रस्तुति दिएका थिए ।
मन्त्री खनालले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव, पुँजी र सञ्जाललाई नेपालको विकासका प्राथमिकतासँग जोड्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले डायस्पोरासँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय विकासमा उनीहरूको योगदान बढाउनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया