डोल्पा– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ खलवलगाडमा पहिरोसँगै खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय मनरूप केसी छन् । उनका दाइ ३८ वर्षीय रूपचन्द्र केसी घाइते भएका छन् ।
प्रहरीका अनुसार उनीहरू घरभन्दा केही तल त्रिपालले बनाइएको गोठमा सुतिरहेका थिए । अविरल वर्षासँगै शुक्रबार राति करिब १० बजे पहिरोसँगै खसेको ढुंगाले लाग्दा मनरूपको टाउको र छातीमा चोट लागेको थियो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अनिलराज गिरीले बताए ।
ढुंगाले लागेर ढाडमा चोट लागेका रूपचन्द्रको अवस्था भने सामान्य रहेको र उनी घरमै आराम गरिरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले शनिबार बिहान मात्रै जानकारी पाएको थियो। जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको डीएसपी गिरीले बताए ।




प्रतिक्रिया