सुस्तामा सशस्त्र प्रहरीद्वारा २९ जना नागरिकको सकुशल उद्धार

सुस्तामा सशस्त्र प्रहरीद्वारा २९ जना नागरिकको सकुशल उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल वर्षाका कारण पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित नारायणी नदीमा जल सतह बढ्न गई बस्ती डुबानमा परेपछि सशस्त्र प्रहरीले २९ जना नागरिकको सकुशल उद्धार गरेको छ ।

अविरल वर्षाका कारण शनिबार नारायणी नदीको बहाव बढेर थारुटोलाका घरहरूमा पानी पसेपछि सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

शनिबार बिहान अन्दाजी पौने ९ बजे सशस्त्र प्रहरी बल नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमाण्डमा खटिएको २१ जनाको टोलीले डुबानमा परेका २९ जना स्थानीय बासिन्दालाई सकुशल उद्धार गरेको छ ।

मानवीय उद्धारका साथै टोलीले १ वटा गाई र १३ वटा बाख्राहरूको समेत सुरक्षित स्थानमा सारेको छ । उद्धार गरिएका सम्पूर्ण बासिन्दा तथा चौपायाहरूलाई सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालद्वारा थप उद्धार कार्य निरन्तर जारी राखिएको छ ।