पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई आइतबार बिहानै महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनी विरुद्ध उजुरी परेको छ । तर प्रहरीले उजुरीको विवरण खुलाएको छैन ।

 जबरालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि कार्यालयमा लगिएको जनाइएको छ । उनीविरुद्धको उजुरी र अनुसन्धानको विषयमा प्रहरीले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

उनी २०७५ पुस १८ देखि प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए । जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए । तर उनी विरुद्धको महाअभियोग पारित भने भएएको थिएन ।