काठमाण्डु – लगातारको वर्षाका कारण सप्तरीमा ५ सय घर डुबानमा परेका छन्।
जिल्लाको हनुमाननगर, कङ्कालिनी, तिलाठी, कोइलाडीसहितका स्थानमा आएको बाढीका कारण ५ सय घर डुबानमा परेका छन्।
घरहरु डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका छन्।
शुक्रबार राति सप्तकोसी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताए।
यता भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ भने तीन वटा घरमा क्षति पुर्याएको छ ।
बुटवल उपमहानगरपालिका–११ टप मजुवाका दुर्गा बानियाँ र उनको छिमेकीको घर बगाएको छ भने नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुर्याएको छ ।





प्रतिक्रिया