पूर्वप्रधानन्यायाधीश राणा किन पक्राउ परे ?

पूर्वप्रधानन्यायाधीश राणा किन पक्राउ परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेपछि सर्वत्र चासो बढेको छ ।

राणालाई प्रहरी आइतबार बिहान अचानक पक्राउ परेपछि सर्वत्र चासो बढेको हो । तर राणा पक्राउ बारे प्रहरीले स्पष्ट कारण भने खुलाएको छैन । यद्यपी सुरक्षा चुनौती भएपछि प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले दाबी गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जबरालाई सुरक्षा चुनौती महसुस भएपछि ल्याइएको बताए । उनले भने, ‘उहाँ सुरक्षित ठाउँमा बसिरहनु भएको छ ।’

के कारण उनलाई सुरक्षा चुनौती भयो भन्ने चाहिँ उनले खुलाएनन् । प्रहरीले उनीविरुद्ध उजुरी परेको जनाएको छ तर के उजुरी थियो भन्नेबारे केही बताएको छैन। तर राणालाई जरुरी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

सामान्यतया फौजदारी कानुनअनुसार कुनै व्यक्ति विरुद्ध प्रहरी कार्यालयमा उजुरी वा जाहेरी परेपछि उसलाई अदालतबाट पक्राउको अनुमति लिएर मात्रै पक्राउ गरिन्छ। व्यक्ति भाग्ने, प्रमाणहरू लुकाउन सक्ने र थप अपराधका घटना घटाउन सक्ने अवस्थामा प्रहरीले जरुरी पक्राउ पुर्जी प्रयोग समाउने गर्छ। तर राणालाई भने पक्राउ पुर्जीबिना नै पक्राउ गरिएको हो ।

आइतबार बिदाको दिन भएकाले राणा सोमबार मात्रै अदालतमा पेश हुनेछन्। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभा भाग लिएर फर्किएको केही घण्टामै पूर्वप्रधान न्यायाधीश राणालाई पक्राउ गरिएको छ।