काठमाण्डु– पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन्।
आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो। उक्त बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेका छन् भने अन्य घरहरू पनि जोखिममा परेका नेपाल प्रहरीले जनाएको छ ।
घटनामा हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न नसकेको जनाइएको छ। उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया