काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र भोलि सोमबार बिहान ९ बजेदेखि सुरु हुने भएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन सत्र आईतबार काठमाण्डुको खुलामञ्चमा सम्पन्न भएको छ । उद्घाटन सत्रपछि आईतबारका निर्धारित कार्यक्रम सम्पन्न भएका छन् ।
महाधिवेशनको दोस्रो दिन सोमबार बिहान ७:३० बजे भृकुटीमण्डपमा प्रतिनिधिहरूका लागि ब्रेकफास्टको व्यवस्था गरिएको छ । त्यसपछि बिहान ९ बजे खुलामञ्चमा बन्दसत्र सुरु हुनेछ ।
बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसैगरी विधान मस्यौदासमेत बन्दसत्रमा प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
बन्दसत्रका सहभागीका लागि बिहान ११ बजे खाना व्यवस्था गरिएको छ । त्यसपछि दिउँसो १ बजेदेखि राष्ट्रिय सभागृहमा केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी दर्ता कार्यक्रम सुरु हुने पार्टीले जनाएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते तथा निर्वाचन कार्यक्रम असोज २१ र २२ गते सञ्चालन हुने कार्यतालिका छ ।




प्रतिक्रिया