काठमाण्डु– गृहमन्त्री सुदन गुरुङ र नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा उनीहरूबीच विपद् प्रतिकार्यका क्षेत्रमा नेपाल–अमेरिका सहकार्य तथा गत अगस्टमा आएको विनाशकारी बाढीमा बेपत्ता अमेरिकी र नेपाली नागरिकको पहिचानका लागि भइरहेका प्रयासबारे छलफल भएको अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकी दूतावासका अनुसार नेपालमा बाढी प्रभावितका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको अमेरिकी सहायता परिचालन भइरहेको छ। साथै, नेपालका पहिलो उद्धारकर्तालाई सहयोग पुर्याउन अमेरिकी उपकरण, प्रविधि र विशेषज्ञता उपलब्ध गराइँदै आएको छ।
दूतावासले अमेरिकी सहयोग र नेपालसँगको साझेदारीले बाढी प्रभावित समुदायलाई पुनःस्थापना तथा पुनरुत्थानमा सहयोग पुर्याइरहेको जनाएको छ।



प्रतिक्रिया