स्वास्थ्यमन्त्री मेहता र कोरियाली राजदूतबीच भेटवार्ता

स्वास्थ्यमन्त्री मेहता र कोरियाली राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क ताइ योङले शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा दुई देशबीचको घनिष्ठ सम्बन्ध र आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको उद्धार तथा राहतमा कोरिया सरकारले गरेको सहयोगप्रति मन्त्री मेहताले धन्यवाद व्यक्त गरीन्।

कोरियामा रहेका नेपाली नागरिकको स्वास्थ्य उपचार, मेडिकल टुरिजम, स्वास्थ्य बिमा, डिजिटल हेल्थ, नसर्ने रोगको व्यवस्थापन, रेडियसन थेरापी सेवा तथा अस्पतालको सुदृढीकरणलगायत नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

राजदूत योङले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न गणतन्त्र कोरिया सदैव तत्पर रहेको बताए ।