सशस्त्र प्रहरी परिवार महिला संघद्वारा बाढी प्रभावित सशस्त्र प्रहरीलाई राहत रकम हस्तान्तरण

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा बाढी प्रभावित सशस्त्र प्रहरीलाई राहत रकम हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढी प्राभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ ।

राहत रकम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले हस्तान्तरण गरिन् ।

बाढीमा बहालवाला सशस्त्र प्रहरी कर्मचारी १३ जना र अवकाशप्राप्त सशस्त्र प्रहरी १ जना गरी १४ जना बेपत्ता भएका थिए भने १ जना अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी घाइते भएका थिए । २ जना सशस्त्र प्रहरी कर्मचारीको परिवार बेपत्ता भएका छन् । बेपत्ता बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई २५ हजार दरले तथा परिवार बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीलाई १० हजार दरले र घाइते भएका अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई समेत १० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

संघकी अध्यक्ष श्रीमती सावित्रा कुमारी पौडेलले बेपत्ता भएकाहरूमध्ये सशस्त्र प्रहरी सहायक हवल्दार कृष्ण कुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरको परिवार तथा अवकाश प्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बल बहादुर घर्ती मगर र परिवार बेपत्ता भएका २ महिला सशस्त्र प्रहरी कर्मचारीलाई रकम हस्तान्तरण गरिन् । बेपत्ता भएका बाँकी सशस्त्र प्रहरी कर्मचारीहरूको परिवारजनहरूसँग भेट गरी रकम प्रदान गरिने जनाइएको छ ।

उनले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको विपद् कोषमा जम्मा गर्नको लागि ५० हजार ५५५ रुपैयाँ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अन्जनी कुमार पोखरेललाई हस्तान्तरण गरेकी छन् ।

सशस्त्र प्रहरी परिवार महिला संघले विभिन्न किसिमका आयमूलक क्रियाकलापहरू सञ्चालन गरी रकम संकलन गरेको थियो ।