काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता फराकिलो बनाएका छन्।
३ हजार ४८८ मत गणना हुँदा खतिवडाले १ हजार ५४४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी अजय शिवाकोटीले १ हजार १०६ मत पाएका छन्। खतिवडा र शिवाकोटीबीच ४३८ मतको अन्तर छ।
तेस्रो स्थानमा रहेका डिल्लीराम सुवेदीले ८९५ मत प्राप्त गरेका छन् भने देवेन्द्रराज कँडेलले ७४७ मत पाएका छन्।
अन्य उम्मेदवारमध्ये विकास कोइरालाले ५८४, राजीव ढुंगानाले ५४०, रमेशप्रसाद धमलाले ४०६, अमृतकुमार अर्यालले ३८२ र विमलराज क्षेत्रीले १४० मत प्राप्त गरेका छन्।
उम्मेदवारको मत
| उम्मेदवार | प्राप्त मत |
|---|---|
| रामहरि खतिवडा | १,५४४ |
| अजय शिवाकोटी | १,१०६ |
| डिल्लीराम सुवेदी | ८९५ |
| देवेन्द्रराज कँडेल | ७४७ |
| विकास कोइराला | ५८४ |
| राजीव ढुंगाना | ५४० |
| रमेशप्रसाद धमला | ४०६ |
| अमृतकुमार अर्याल | ३८२ |
| विमलराज क्षेत्री | १४० |



प्रतिक्रिया