काठमाण्डु खुलामञ्चमा क्षति पुगे कांग्रेसले पूर्ति गर्ने

काठमाण्डु खुलामञ्चमा क्षति पुगे कांग्रेसले पूर्ति गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन सञ्चालनका क्रममा काठमाण्डु खुलामञ्च परिसरमा कुनै किसिमको क्षति भए त्यसको पूर्ति गर्ने प्रतिबद्धता जनाएको छ ।

कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले असोज १४ गते काठमाण्डु महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगे पार्टीले त्यसको पूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पत्रमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रयोजनका लागि असोज १४ देखि असोज २३ गतेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नाममा खुलामञ्च बुकिङ गरिएको उल्लेख छ ।

महाधिवेशनजस्तो महत्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रम सफल र व्यवस्थित रूपमा सञ्चालन गर्न महानगरपालिकाको कार्यालयबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वाससमेत पार्टीले व्यक्त गरेको छ ।

कांग्रेसले सहयोग, समन्वय र सहजीकरणका लागि काठमाण्डु महानगरपालिकालाई धन्यवाद दिएको छ ।