काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) तर्फ तीर्थ लामा सर्वाधिक मतसहित पहिलो स्थानमा रहेका छन्।
सार्वजनिक मतगणना विवरणअनुसार लामाले १ हजार ५६५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका डा। प्रेमध्वज लामाले ९२३ मत पाएका छन् भने ई. अनुप श्रेष्ठ ८९७ मतसहित तेस्रो स्थानमा छन्।
त्यस्तै, कर्मा छिरिङ शेर्पाले ८७८ मत प्राप्त गरेका छन्। टेक प्रसाद गुरुङले ७६९, भिम श्रीस मगरले ७११, रामकृष्ण चित्रकारले ७०४ र बुद्ध लामाले ७०१ मत पाएका छन्।
अमृत गुरुङ र गेल्जे लामा (शेर्पा) ले समान ६२९ मत प्राप्त गरेका छन्। वंशालाल तामाङले ६२२, सुशील गुरुङले ५७९ र छन्द बहादुर पहराई मगरले ५४२ मत पाएका छन्।
अन्य उम्मेदवारमध्ये श्यामलाल श्रेष्ठले ४९७, मनहरी श्रेष्ठले ४८६, प्रकाश महर्जनले ४०८, टंक प्रसाद राईले ४०३, यज्ञ राज चौधरीले ४०२ तथा कमल तामाङ र खडक बहादुर राना (के.वि.) ले समान ४०१ मत प्राप्त गरेका छन्।
युवराज गुरुङले ३९९, ललित सिंह बोहराले ३९४, रेशम लाल गुरुङले ३८७, विष्णु कुमार राईले ३७८, कृष्ण नारायण श्रेष्ठले ३४२, मिन बहादुर गुरुङले ३३४ र वीर काजी राईले ३२८ मत पाएका छन्।
त्यस्तै, हरिश्चन्द्र श्रेष्ठले ३२६, सरोज गुरुङले २९९, मान बहादुर बुढा मगरले २९४, सुरेश कुमार योङदेन (सुब्बा) ले २९३, सानु कान्छा श्रेष्ठले २८४, पूर्ण कुमार तुम्बापोले २६८, जितेन्द्र महर्जन ९पासा० ले २५९ र लाल बहादुर जि.सी.ले २५८ मत प्राप्त गरेका छन्।
सूर्यदेव दास उराँवले २५१, राम कृष्ण लामाले २३५, सूर्य कुमार नेम्वाङले २२६, बुद्धिलाल श्रेष्ठले १८४ र रविन्द्र प्रसाद पुनहरले १५० मत पाएका छन्।
आदिवासी जनजाति खुलातर्फ ४१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको विवरणमा देखिन्छ। उपलब्ध मतपरिणाममा तीर्थ लामा अन्य उम्मेदवारभन्दा अगाडि छन्।



प्रतिक्रिया