कांग्रेस सहमहामन्त्री खुलामा रामहरि खतिवडा निरन्तर अगाडि, अजयबाबु दोस्रोमा पछ्याउँदै

कांग्रेस सहमहामन्त्री खुलामा रामहरि खतिवडा निरन्तर अगाडि, अजयबाबु दोस्रोमा पछ्याउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा पहिलो स्थानमा रहेका छन्। दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडाले २ हजार १७८ मत प्राप्त गरेका छन्।

५ हजार ८९ मत गणना हुँदा अजयबाबु शिवाकोटी १ हजार ५५६ मतसहित दोस्रो स्थानमा छन्। डिल्लीराम सुवेदीले १ हजार २९४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा देवेन्द्रराज कँडेलले १ हजार १२ मत पाएका छन्।

त्यस्तै, राजीव ढुंगानाले ९०१, विकास कोइरालाले ८१५, अमृतकुमार अर्यालले ६६६ र रमेशप्रसाद धमलाले ५८० मत प्राप्त गरेका छन्। विमलराज क्षेत्रीले १९६ मत पाएका छन्।

दुई पदका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सार्वजनिक मतपरिणामअनुसार खतिवडा र शिवाकोटी क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्।