काठमाण्डु – नेकपा एमालेले आगामी मंसिर २ र ३ गते राष्ट्रिय कार्यकर्ता भेला काठमाण्डुमा आयोजना गर्ने तय भएको छ ।
पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजनाबारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २५ गतेसम्म भएको स्थायी कमिटीको प्रथम बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीको अधिवेशन र राष्ट्रिय कार्यकर्ता भेला आयोजना लगायतका निर्णय गरेको थियो ।
राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने संगठन विभाग प्रमुख ढकालले जानकारी दिए ।



प्रतिक्रिया