कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १४ जना मात्र निर्वाचित

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १४ जना मात्र निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १४ जना मात्र केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

खुलातर्फ १५ जना निर्वाचित हुनुपर्नेमा १ जनाले विजेताको मत पाए पनि अदालतमा मुद्दा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छन् । महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भएकी छन् । त्यस्तै कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएकी छन् ।

निर्वाचित हुनेमा अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन् । अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सिर्जना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  

महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबिच प्रतिस्पर्धा भएको थियो । विनिता खड्का विजेता भए पनि उनीमाथि अदालतमा मुद्दा रहेकाले हाललाई उनलाई निर्वाचन समितिले निर्वाचित घोषित नगर्ने भएको छ । प्राप्त मतपरिणामअनुसार विनिता खड्काले २ हजार ८६६ मत पाएकी छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणना गरिएको छ ।