काठमाण्डु – भारतको बिहारमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
वैशाखी जिल्लाको राघोपुरमा गंगा नदी पार गर्ने क्रममा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको हो। मृतकमध्ये अधिकांश बालबालिका छन् ।
मंगलवार राति करिब साढे ८ बजे भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति सानो डुङ्गा दपानीमा डुबेको हो ।
गङ्गा नदी पार गर्ने क्रममा अचानक डुङ्गा पल्टिएपछि यात्रुहरू नदीमा डुबेका थिए।
घाइतेमध्ये सात जनालाई थप उपचारका लागि पटना मेडिकल कलेज पठाइएको वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहले जानकारी दिएकी छन्। उद्धारका लागि राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) को टोली परिचालन गरिएको छ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका छन् ।
दुर्घटनापछि बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।
त्यस्तै, भारतीय प्रधानमन्त्री कार्यालयका तर्फबाट मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गरिएको छ ।
यस्तै घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको छ ।


प्रतिक्रिया