कलंकीमा कुटपिटबाट किशोरको मृत्यु, ३ जना पक्राउ

कलंकीमा कुटपिटबाट किशोरको मृत्यु, ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कलंकीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ ।

घटनामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार बुधबार अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए । कुटपिटबाट बेहोस भएका रोशनलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

पक्राउ परेका अन्य २ जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।