कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, थारूतर्फ योगेन्द्रको अग्रता

कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, थारूतर्फ योगेन्द्रको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्।

मुस्लिम खुला केन्द्रीय सदस्यमा डा. अताबुल मंसुरी, मो. इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी विजयी भएका छन्। मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुन र सकिना खातुन निर्वाचित भएका छन्।

यता थारू क्लस्टरअन्तर्गत सहमहामन्त्री पदको जारी मतगणनामा योगेन्द्र चौधरीले अग्रता कायम गरेका छन्। थारू खुला केन्द्रीय सदस्यमा डा. भोगेन्द्रप्रसाद चौधरी र महिला केन्द्रीय सदस्यमा डा. जीवन राना अगाडि छन्।

मुस्लिम सहमहामन्त्रीमा फिरदोशको जित

मुस्लिमतर्फ सहमहामन्त्रीमा निर्वाचित आलमले ३ हजार ३४७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ र अतहर कमाल मुसलमानले ५५७ मत पाएका छन्।

मुस्लिम खुला केन्द्रीय सदस्यमा डा. अताबुल मंसुरी ३ हजार ३१७ मतसहित विजयी भएका छन्। मो. इर्शाद अन्सारीले १ हजार ८६३ र अब्दुल रज्जाक गद्दीले १ हजार ७११ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा जित हासिल गरेका छन्।

यस पदका अन्य उम्मेदवारमध्ये ईश्तियाक अहमद खाँले १ हजार ५४४, जमिल अख्तर आजादले १ हजार ४५२, जम्सेर अलिमियाले १ हजार २०३ र छोटे मियाँ अन्सारीले ९२५ मत प्राप्त गरेका छन्।

त्यस्तै, आवेद हुसेनले ७२२, मो. मुकिम खानले ६९३, सहरम राउत गद्दीले ६७९, सलाउद्दिन मियाँले ६७५, सामुहम्मद मियाले ६३०, रहमतुल्ला मियाले ५६३, महमद जवारदिन मियाँ (मुन्ना) ले ८१५ र मोहम्मद अकरमले ४५२ मत पाएका छन्।

मुस्लिम महिला सदस्यमा जमिला र सकिना

मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुन २ हजार ८३५ मतसहित निर्वाचित भएकी छन्। सकिना खातुनले २ हजार ११६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेर जित हासिल गरेकी छन्।

अन्य उम्मेदवारमध्ये यासिबा रहमानले १ हजार ८२७, जमिला मियाँले १ हजार ७१८, जन्नतुन निसा धुनियाले १ हजार ६३ र नजबुल खानले ६९८ मत प्राप्त गरेका छन्।

थारू सहमहामन्त्रीमा योगेन्द्र ९२३ मतले अगाडि

थारू क्लस्टरअन्तर्गत सहमहामन्त्री पदको मतगणनामा योगेन्द्र चौधरीले अग्रता कायम गरेका छन्। निर्वाचन समितिको पछिल्लो विवरणअनुसार ४ हजार ४६० मत गणना हुँदा योगेन्द्रले २ हजार २३८ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले १ हजार ३१५ मत पाएका छन्। योगेन्द्र र तेजुलालबीच ९२३ मतको अन्तर छ। अर्का उम्मेदवार सुरेन्द्र चौधरीले ९४० मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेकाले यस पदको अन्तिम परिणाम आउन बाँकी छ।

थारू खुला सदस्यमा भोगेन्द्र अगाडि

थारू क्लस्टरअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा डा. भोगेन्द्रप्रसाद चौधरीले २ हजार २९९ मत प्राप्त गर्दै अग्रता लिएका छन्।

वेदनारायण गच्छदार २ हजार १०९ मतसहित दोस्रो र जनकराज चौधरी २ हजार ६० मतसहित तेस्रो स्थानमा छन्। साजनकुमार महतोले १ हजार ५६७ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये गोपाल पञ्जियार थारूले १ हजार ४६६, रामकृष्ण चौधरीले १ हजार ३८८, छविलाल थारूले १ हजार २३६, महेशप्रसाद चौधरीले १ हजार १३१, राजसमज चौधरीले १ हजार ४१ र प्रभातकुमार चौधरीले ७३६ मत पाएका छन्।

थारू खुला केन्द्रीय सदस्यमा चार जना निर्वाचित हुने व्यवस्था छ। मतगणना जारी रहेकाले अन्तिम परिणामपछि मात्रै निर्वाचित हुने उम्मेदवारको टुंगो लाग्नेछ।

थारू महिला सदस्यमा जीवन रानाको अग्रता

थारू महिला केन्द्रीय सदस्य पदमा डा. जीवन रानाले २ हजार ८५७ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन्। उनलाई डा. प्रमिला कुमारी गच्छदारले पछ्याइरहेकी छन्। प्रमिलाले २ हजार ५५२ मत पाएकी छन्। दुवैबीच ३०५ मतको अन्तर छ।

अन्य उम्मेदवारमध्ये सुनिताकुमारी रानाले ७८३, कल्पना चौधरीले ७४०, नवोदिता चौधरीले ५८८, सुशीला चौधरीले ५२७ र नमिताकुमारी चौधरीले ४७२ मत प्राप्त गरेकी छन्।

थारू महिला केन्द्रीय सदस्यमा दुई जना निर्वाचित हुनेछन्। हालको मतगणनामा जीवन राना र प्रमिला गच्छदार अगाडि रहे पनि अन्तिम परिणाम आउन बाँकी छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न समावेशी क्लस्टर र पदको मतगणना जारी छ। निर्वाचन समितिले बाँकी मतगणना सम्पन्न गरी परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।

Skip This