सरकारले प्रहरी फिर्ता लगेपछि एमाले मुख्यालयको सुरक्षामा पूर्वसैनिक र पूर्वप्रहरी

सरकारले प्रहरी फिर्ता लगेपछि एमाले मुख्यालयको सुरक्षामा पूर्वसैनिक र पूर्वप्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –सरकारले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयबाट प्रहरी फिर्ता लगेपछि नेकपा एमालेको आफैँ सुरक्षा व्यवस्था मिलाउन थालेको छ।

एमालेले च्यासलको सुरक्षामा पूर्वप्रहरी र पूर्वसेनालाई तैनाथ गरेको हो ।

एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सरकारी सुरक्षा हटाइएपछि पार्टीले पूर्वसैनिक तथा पूर्वप्रहरीको टोलीलाई केन्द्रीय कार्यालयको सुरक्षाको जिम्मा दिएको छ।

कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस भएपछि चारैतिर शक्तिशाली सीसीटीभी क्यामेरा जडान गरी निगरानीसमेत बढाइएको आचार्यले बताएका छन्।

२०४८ देखि सरकारले केन्द्रीय कार्यालयलाई सुरक्षा उपलब्ध गराउँदै आएको एमालेले दाबी गरेको छ।

तर, वालेन्द्र शाह नेतृत्वको सरकारले कुनै पूर्वजानकारीबिना सरकारी सुरक्षा हटाएको आचार्यले बताएका छन् ।

एमाले कार्यालयमा २०८१ चैत १५ गते राजावादी समूहले आक्रमण प्रयास गरेका थिए। त्यसपछि २०८२ भदौ २४ गते जेन जी आन्दोलनका क्रममा यो कार्यालय जलाएर क्षतिग्रस्त पारिएको थियो । तर एमालेले उक्त कार्यालय रातारात पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको थियो ।

Skip This