यमनमा राष्ट्रपति भवनमाथि आक्रमण, प्रधानमन्त्रीसहित मन्त्रीहरू सुरक्षित

यमनमा राष्ट्रपति भवनमाथि आक्रमण, प्रधानमन्त्रीसहित मन्त्रीहरू सुरक्षित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यमनको दक्षिणी बन्दरगाह शहर एडेनस्थित राष्ट्रपति भवनलाई निशाना बनाएर हूथी विद्रोहीहरूले राष्ट्रपचि भवनमाथि नै आक्रमण गरेका छन् ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको मुकाम त्यहीँ रहिआएको छ।

अल–माशिक प्यालेसमाथि पाँच वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको यमनका सूचनामन्त्री मोअम्मर अलञएरियानीले बताएका छन् । उनले प्रधानमन्त्री र अरू मन्त्रीहरूलाई सबै सुरक्षित रहेको बताए ।

तर उक्त आक्रमणमा पाँच जनाको मृत्यु र १६ जना घाइते भएका अधिकारीहरूले बताएका छन्।

एडेनमा रहेको शत्रु साउदी अरबको सैन्य कारबाही गर्ने मुख्यालयू माथि आफूहरूले हमला गरेको हूथीका सैनिक प्रवक्ता याह्या सरेआले बताएका छन्।

साउदी अरब नेतृत्वको गठबन्धनले यमन सरकारलाई समर्थन गर्छ र इरान समर्थित हूथी विद्रोहीहरूविरुद्ध सरकार समर्थक सेनाको आक्रमणमा हवाई सहायता प्रदान गर्दै आएको छ।

यमनका स्वास्थ्यमन्त्री कासिम बुहाइबेले आक्रमणमा परी ज्यान गुमाउनेहरूमा सुरक्षाकर्मी र गैर सैनिक कर्मचारीहरू रहेका बताएका छन्।

यमनका प्रधानमन्त्री शाया जिन्दानीले एडेनमा गरिएको हूथी हमलाको भर्त्सना गर्दै त्यसलाई कायरतापूर्ण र उनीहरूको आपराधिक व्यवहारको निरन्तरताको सङ्ज्ञा दिएका छन्।

सरकारले आफ्ना दायित्व पालना गरिरहने र यमनको दक्षिणपश्चिमी रेड सी तट तथा अन्य अग्रमोर्चाहरूमा हूथीहरूविरुद्ध कारबाही जारी राख्ने आफ्नो सेनाको सङ्कल्पलाई कमजोर हुन नदिने उनले प्रतिबद्धता जनाएका छन्।

यसअघि हूथी विद्रोहीहरूले बिहीवार साउदी अरबमा आक्रमण गरेको अस्वीकार गरेका थिए। राजधानी सानालगायत पश्चिमी यमनमा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा गरिएका आक्रमणको प्रतिक्रियामा हूथी विद्रोहीहरूले साउदी अरबका विमानस्थलहरू, तेल तथा ग्यास केन्द्र र सैन्य अड्डाहरूमा क्षेप्यास्त्र तथा ड्रोन हमलाहरू गरेका छन्।

साउदी अरबसँगको द्वन्द्व बढाउन इरानले हूथी विद्रोहीहरूलाई उक्साएको साउदी अरबका उपविदेशमन्त्रीले आरोप लगाएका छन्।

इरान सरकारको तर्फबाट तत्काल कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन। यद्यपि उसले हूथीहरूलाई अस्त्र आपूर्ति गर्ने कुरा अस्वीकार गर्दै आएको छ। उनीहरूलाई राजनीतिक समर्थन चाहिँ गरेको तेहरानले बताउने गरेको छ।