काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणको मिति तय नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार पत्रकारसँग गरेको कुराकानीका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय भएको स्पष्ट पारे ।
उनले भने, ‘भ्रमणको मिति दुवै देशका उपयुक्त हुने समयमा निर्धारण हुनेछ, हालसम्म मिति तय भइसकेको छैन ।’ केही सञ्चारमाध्यमले प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको भनेर समाचार लेखेको सन्दर्भमा उनले स्पष्ट पारेका छन् ।


प्रतिक्रिया