राष्ट्रपति पौडेलद्वारा विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी २ अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी २ अध्यादेश जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी २ वटा अध्यादेश जारी गरेका छन् ।

उनले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शुक्रबार २ अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेद्वारा जारी विज्ञप्तिअनुसार जारी भएका अध्यादेशमा ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ रहेका छन् ।

दुवै अध्यादेश २०८३ असोज ३० गते जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।