काठमाण्डु – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग दीपक भट्टको नाम जोडेर प्रकाशित समाचार सामग्रीप्रति दीपकका बुवा चर्तुभुज भट्टले आपत्ति जनाएका छन् ।
काठमाण्डुपाटी डट्कममा ‘पूर्वप्रधानन्यायाधीश राणा प्रकरण : विवादास्पद व्यवसायी दीपक भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक सारियो’ शीर्षकमा प्रकाशित समाचारको विषयमा खण्डन पठाउँदै भट्टले समाचारमा उल्लेख भएका केही विषय तथ्यसँग मेल नखाने दाबी गरेका छन् ।
उनले दीपक भट्टले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई कारागारबाट फोन सम्पर्क गरी चलखेल गर्न खोजेको भन्ने विवरण गलत भएको जिकिर गरेका छन् ।
कारागारमा रहेका व्यक्तिले तोकिएको स्थान र समयमा मात्र भेटघाट तथा सम्पर्क गर्न पाउने र होटललगायत माध्यम प्रयोग गर्न नपाउने व्यवस्था रहेको उल्लेख गर्दै भट्टले राणालाई फोन सम्पर्क गरेको भन्ने विवरणलाई अफवाहको संज्ञा दिएका छन् ।
उनले काठमाण्डुपाटीमा प्रकाशित समाचारमा आफ्नो गम्भीर असहमति रहेको पनि उल्लेख गरेका छन् ।
सरकारले भने भट्टलाई गत असोज ३ गते नख्खु कारागारबाट सिन्धुपाल्चोक पठाइसकेको छ । भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार तथा बैंकिङ कसुरसम्बन्धी आरोप लागेको छ ।
मुख्य रूपमा उनले चलखेल गरेको आरोप सरकारी स्रोतहरूको थियो । तर कारागार प्रशासनले भने नख्खुमा चाप बढेकोसहित अन्य विभिन्न प्रकरणसँग जोडेर उनलाई कारागार सारिएको जनाएको थियो ।
यस्तो छ खण्डन पत्र –



प्रतिक्रिया